नयाँ बानेश्वर

हाम्रो बारेमा

महिलाहरू किशोरावस्थामा प्रवेश गर्दा आउने शारीरिक परिवर्तनमध्ये महिनावारी हुनु एक महत्वपूर्ण चरण हो । महिनावारी हुनु भनेको महिलाहरूको प्रजनन उमेर शुरु भएको र शारिरीक रुपमा सन्तान जन्माउन सक्ने भएको अवस्था हो र यो महिलाहरूको जीवनमा एउटा प्राकृतिक प्रक्रिया हो । महिलाहरूको योनीबाट हरेक महिना हुने रक्तश्रावलाई महिनावारी भनिन्छ । महिनावारीलाई रजस्वला, पर सर्ने, छुई हुने नछुने हुनु पनि भनिन्छ । महिनावारीमा पाठेघरले त्यहाँ बनेको रगतका पत्रहरुलाई बगाउन सुरु गर्दछ र यो पाठेघरको मुख तथा योनी मार्ग हुदै योनीबाट रगत बाहिर बग्ने गर्दछ । महिनावारीमा ४–६ दिन सम्म रक्तश्राव हुन्छ भने यो चक्र २१ देखि ३५ दिनको हुने गर्छ र्।  औषतमा २८ दिनमा महिलाहरु महिनावारी हुने गर्दछन् । सामान्यतयाः ८ देखि १९ बर्षको उमेरका महिलाहरूमा रजस्वला हुने क्रम शुरु हुन्छ भने ४५–५५ बष को महिलाहरुमा रजस्वला हुन बन्द हुन्छ । महिनावारी हुँदा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरु हुने गर्दछ । जस्तै ः– पेट दुख्ने, ढाड दुख्ने, थकाई लाग्ने, रगत धेरै बग्ने, कमजोर हुने आदि । रजस्वलामा स्त्रीहरुको स्वभावमा पनि परिवर्तन भइरहन्छ यस्तो समयमा महिलाहरु लजाउने, रिसाउने गर्दछन भने महिनावारी भएकोमा आफुलाई घृणा गर्ने पनि गर्दछन् ।

महिनावारी हुनु भनेको गलत कामको परिणाम वा अशुद्ध हुनु होइन । यो एउटा प्राकृतिक र शारिरीक प्रक्रिया हो । महिनावारी हुनु भनेको एउटा सम्पूर्ण महिला हुनुको प्रतिक हो, जसले महिलालाई आमा बन्न सक्ने क्षमताको संकेत गर्दछ भन्ने कुरा महिला आफैंले बुझ्नु जरुरी छ । महिलाहरुले महिनावारी हुँदा सरसफाइमा बढि ध्यान दिनुपर्दछ । त्यसै गरी महिनावारी हुँदा महिलाहरुले सबै काम गर्न सक्दछन् । तर समाजमा महिनावारी सम्बन्धी अन्धविश्वासहरु रहेकोले महिलाहरु स्वयंले यस्ता अन्धविश्वासहरु र महिनावारी बार्ने चलनहरुलाई व्यक्तिगत रुपमा बहिष्कार गर्दै लैजानु पर्दछ । त्यसैगरी महिनावारी सम्बन्धी आफ्ना अनुभवहरुहरु र ज्ञान पनि समाजमा बाड्नु पर्दछ । महिलाहरु यक उदाहणीय रुपमा ब्यक्ती स्वयम प्रस्तुत भैरहने ।   

कसरी शुरु भयो कम्पनी

एक पटक होइन दुई पटक होई पटक पटक हात जोडदै हिडदापनि सहयोग पाउनै गाह्रो हुन थाल्यो । यति मात्रै कहाँ हो र यदि नेपाल सरकारको मातहातमा रहेका स्वास्थ्य क्षेत्रहरुले पक्कै पनि सहयोग गर्नुहुन्छ कम्तीमा १० हजार बिभिन्न सम्बन्धित निकायहरुले सहयोग गर्नु भएको खण्डमा बिकट क्षेत्रका केहि बिद्यालयका बिद्यार्थी र शिक्षीकाहरुलाई मात्र नभई गृहेणी हरुलाई अबस्य सहयोग पुग्नेछ भनि १,२ दिन बिराइ धाउन लाग्यौ । दुख मात्रै हुन गरथ्यो के हो सेनेटरि प्याड भनेको ? कहाँ पाउँछ ? यहाँत पाउदैन भयो भने बिचार गरौला, सेनेटरि प्याड बाहेक अरु स्वास्थ्यका सामाग्रस्हरु पाइन्छन् त्यो पाउदैन भन्ने कुरा आउथ्यो ।

माथि उल्लेखित बिभिन्न समस्यालाई गहिरो रुपमा चिन्तन मनन् गर्दे गर्दा यौटा ठुलो अठोट, आत्मबिश्बास, उत्साहा मनमा पलायो परिवर्तन सम्भव हाम्रै पालामा भन्ने नारा गएको अन्तराष्ट्रिय युवा दिवशको अबसरका दिन प्रमाणित जस्तै भयो । जहा इच्क्षा त्यहाँ उपाए भने जस्तै बोल्ने अबसर प्राप्त भयो र त्यो दिनमा मैले भनेको थिए सरकारका अभिन्न अंग, निकाय, निकायप्रमुख ज्यू म सेनेटरि प्याड बनाउन सिक्न चाहान्छु । सिकेर सिकाउन चाहान्छु सिकाएर यौटा ठुलो प्याक्ट्री खोल्न चाहान्छु । खोलेर नेपाल भरी आप्नो उत्पादनलाई बढाएर बिदेश निर्यात गर्छु म मात्रै नभएर हजारौ लाखौ ब्यक्तीहरुलाई उद्यमी बनायर राष्ट्रप्रति असल नागरिककुो पहिचान बनेर देखाउछु ।

शिक्षा र जनचेतनाको अभावले कारणले गर्दा यो समस्याबाट पुरुषको तुलनामा महिलाहरु पिडित र घरपरिवारबाटै हिसामा परिरहेको विषयलाई विभिन्न समुदायका महिलाहरुले स्वास्थको क्षेत्रमा भोग्न परिरहेको समस्यालाई मध्ययनजर गर्दा नेपाल सरकारको सहयोग र सहकार्यमा नेपालमै पहिलो पटक महिला उद्यमी सृजनसिल महिला उद्यमी अवधारणलाई अन्तरआत्मादेखी गम्भीररुपमा यसलाई कार्यान्वयन गरी सयौ, हजारौ,लाखौ महिला पुरुषहरुलाई कार्यान्वयन गर्ने गराउनलाई नेपालमै उत्पादन गरी विश्वभरी फैलाउन लक्ष्य बोकि हामी शुरुवाती अवस्थाबाट हामी महिला पुरुष मिली अभियान (सेनेटिरी पयाड उत्पादन) लाई सफल पारौ भन्नै अठोट लिएर हामी मिलेर हाम्रो लक्ष्य र उद्देश्यलाई जतिसक्दो चाडो सम्बन्धित निकाय जिम्मेवार व्यक्तिले सहयोग गनुपर्छ भन्ने विश्वास, अठोटका साथ सुरुवात भएको हो ।

लक्ष्य

महिलाहरुलाई महिनाबारीको समयमा सुरक्षित र सम्मानित अवस्थामा जिवनयापन गर्न पाउने वातावरण बनाउने

कम्पनीको उद्देश्यः

  • सुरक्षित महिलाको अवधारण बमोजिम महिला सुरक्षालाई मध्यनजर गरी महिलाहरुसँग सम्बन्धित महिनावारीको समयमा अपनाउन पर्ने सुरक्षाजनक साधन सेनेटरी प्याडको उत्पादन गरी व्यावसायिक       कारोबार गर्ने र त्यसको उद्योग सञ्चालन गर्ने ।
  • महिला सुरक्षाका साधनहरुको उत्पादनहरुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु, मेसिनहरु नेपालमा उपलब्ध भएसम्म नेपाली बजारबाट सरकारको सहयोगमा सहुलियतमा खरिद गरी लिने वा नेपाली बजारमा       उपलब्ध नभएका सामानहरु विदेशबाट आयात गरी उद्योग सञ्चालन गर्ने ।
  • महिला, युवा, बालबालिका, वृद्धवृद्धाहरुको सुरक्षाको लागि न्यूनतम आवश्यकताको सामानहरु जस्तैः सुइटर, टोपी, पञ्जा, हाते निर्माणका पोशाकहरु, रेनकोटहरुको निर्माण, बजारीकरण गरी बेचबिखन गर्ने । त्यस्ता सामानहरु आवश्यकता अनुसार प्याकेजिङ, यापिङ, बण्डलिङ गर्ने ।
  • नेपाल सरकारका विभिन्न निकायहरु, बैँकहरु, अन्य सामाजिक संस्थाहरुसँग समन्वय गरी सामानहरुको निर्माणका लागि आवश्यक पर्ने साधनहरुको परिपूर्तिको लागि आर्थिक, भौतिक सहयोग लिई सरकारको विशेष सहुलियत लिई उद्योग सञ्चालन गरी सोबाट उत्पादित उल्लेखित सामानहरुको सहुलियतमा विक्री वितरण गर्ने ।
  • उल्लेखित उद्योग सञ्चालन गरी सामानहरुको निर्माण विक्री वितरण गर्न सरकार र अन्य सरोकारवाला निकायहरुको सहयोग लिई अनुसन्धान अध्ययन तयारी रिपोर्टहरु बनाई उद्योगको व्यवसायीकरणलाई मध्यनजर गरी परियोजना सञ्चालन गर्ने ।
  • उद्यमशीलतालाई प्रोहत्सान गर्न व्यावहारिक तथा सिपमुलक तालिम, आयोजनाहरु देशैभरी सञ्चालन गर्ने । त्यस्ता खालका गोष्ठी, तालिम आदि स्वदेश वा विदेशमा भएमा सहभागी हुने तथा स्वदेशमा गर्ने ।
  • देशका विभिन्न भूभागहरुमा माथि उद्देश्यहरुमा उल्लेखित भए बमोजिम उद्योग सञ्चालन गर्न, उद्योगबाट उत्पादन भएका सामानहरुको विक्री गर्न, घुम्ती सेवा कार्यक्रममार्फत जनताको घरआँगनमा पुग्दै जाने ।