नयाँ बानेश्वर

सृजनशील महिला उद्यमीमा यहाँलाई स्वागत छ

महिलाहरू किशोरावस्थामा प्रवेश गर्दा आउने शारीरिक परिवर्तनमध्ये महिनावारी हुनु एक महत्वपूर्ण चरण हो । महिनावारी हुनु भनेको महिलाहरूको प्रजनन उमेर शुरु भएको र शारिरीक रुपमा सन्तान जन्माउन सक्ने भएको अवस्था हो र यो महिलाहरूको जीवनमा एउटा प्राकृतिक प्रक्रिया हो । महिलाहरूको योनीबाट हरेक महिना हुने रक्तश्रावलाई महिनावारी भनिन्छ । महिनावारीलाई रजस्वला, पर सर्ने, छुई हुने नछुने हुनु पनि भनिन्छ । महिनावारीमा पाठेघरले त्यहाँ बनेको रगतका पत्रहरुलाई बगाउन सुरु गर्दछ र यो पाठेघरको मुख तथा योनी मार्ग हुदै योनीबाट रगत बाहिर बग्ने गर्दछ । महिनावारीमा ४–६ दिन सम्म रक्तश्राव हुन्छ भने यो चक्र २१ देखि ३५ दिनको हुने गर्छ र्।  औषतमा २८ दिनमा महिलाहरु महिनावारी हुने गर्दछन् । सामान्यतयाः ८ देखि १९ बर्षको उमेरका महिलाहरूमा रजस्वला हुने क्रम शुरु हुन्छ भने ४५–५५ बष को महिलाहरुमा रजस्वला हुन बन्द हुन्छ । महिनावारी हुँदा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरु हुने गर्दछ । जस्तै ः– पेट दुख्ने, ढाड दुख्ने, थकाई लाग्ने, रगत धेरै बग्ने, कमजोर हुने आदि । रजस्वलामा स्त्रीहरुको स्वभावमा पनि परिवर्तन भइरहन्छ यस्तो समयमा महिलाहरु लजाउने, रिसाउने गर्दछन भने महिनावारी भएकोमा आफुलाई घृणा गर्ने पनि गर्दछन् ।

महिनावारी हुनु भनेको गलत कामको परिणाम वा अशुद्ध हुनु होइन । यो एउटा प्राकृतिक र शारिरीक प्रक्रिया हो । महिनावारी हुनु भनेको एउटा सम्पूर्ण महिला हुनुको प्रतिक हो, जसले महिलालाई आमा बन्न सक्ने क्षमताको संकेत गर्दछ भन्ने कुरा महिला आफैंले बुझ्नु जरुरी छ । महिलाहरुले महिनावारी हुँदा सरसफाइमा बढि ध्यान दिनुपर्दछ । त्यसै गरी महिनावारी हुँदा महिलाहरुले सबै काम गर्न सक्दछन् । तर समाजमा महिनावारी सम्बन्धी अन्धविश्वासहरु रहेकोले महिलाहरु स्वयंले यस्ता अन्धविश्वासहरु र महिनावारी बार्ने चलनहरुलाई व्यक्तिगत रुपमा बहिष्कार गर्दै लैजानु पर्दछ । त्यसैगरी महिनावारी सम्बन्धी आफ्ना अनुभवहरुहरु र ज्ञान पनि समाजमा बाड्नु पर्दछ । महिलाहरु यक उदाहणीय रुपमा ब्यक्ती स्वयम प्रस्तुत भैरहने ।