महिलाहरू किशोरावस्थामा प्रवेश गर्दा आउने शारीरिक परिवर्तनमध्ये महिनावारी हुनु एक महत्वपूर्ण चरण हो । महिनावारी हुनु भनेको महिलाहरूको प्रजनन उमेर शुरु भएको र शारिरीक रुपमा सन्तान जन्माउन सक्ने भएको अवस्था हो र यो महिलाहरूको जीवनमा एउटा प्राकृतिक प्रक्रिया हो । महिलाहरूको योनीबाट हरेक महिना हुने रक्तश्रावलाई महिनावारी भनिन्छ । महिनावारीलाई रजस्वला, पर सर्ने, छुई हुने नछुने हुनु पनि भनिन्छ । महिनावारीमा पाठेघरले त्यहाँ बनेको रगतका पत्रहरुलाई बगाउन सुरु गर्दछ र यो पाठेघरको मुख तथा योनी मार्ग हुदै योनीबाट रगत बाहिर बग्ने गर्दछ । महिनावारीमा ४–६ दिन सम्म रक्तश्राव हुन्छ भने यो चक्र २१ देखि ३५ दिनको हुने गर्छ र्। औषतमा २८ दिनमा महिलाहरु महिनावारी हुने गर्दछन् । सामान्यतयाः ८ देखि १९ बर्षको उमेरका महिलाहरूमा रजस्वला हुने क्रम शुरु हुन्छ भने ४५–५५ बष को महिलाहरुमा रजस्वला हुन बन्द हुन्छ । महिनावारी हुँदा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरु हुने गर्दछ । जस्तै ः– पेट दुख्ने, ढाड दुख्ने, थकाई लाग्ने, रगत धेरै बग्ने, कमजोर हुने आदि । रजस्वलामा स्त्रीहरुको स्वभावमा पनि परिवर्तन भइरहन्छ यस्तो समयमा महिलाहरु लजाउने, रिसाउने गर्दछन भने महिनावारी भएकोमा आफुलाई घृणा गर्ने पनि गर्दछन् ।
महिनावारी हुनु भनेको गलत कामको परिणाम वा अशुद्ध हुनु होइन । यो एउटा प्राकृतिक र शारिरीक प्रक्रिया हो । महिनावारी हुनु भनेको एउटा सम्पूर्ण महिला हुनुको प्रतिक हो, जसले महिलालाई आमा बन्न सक्ने क्षमताको संकेत गर्दछ भन्ने कुरा महिला आफैंले बुझ्नु जरुरी छ । महिलाहरुले महिनावारी हुँदा सरसफाइमा बढि ध्यान दिनुपर्दछ । त्यसै गरी महिनावारी हुँदा महिलाहरुले सबै काम गर्न सक्दछन् । तर समाजमा महिनावारी सम्बन्धी अन्धविश्वासहरु रहेकोले महिलाहरु स्वयंले यस्ता अन्धविश्वासहरु र महिनावारी बार्ने चलनहरुलाई व्यक्तिगत रुपमा बहिष्कार गर्दै लैजानु पर्दछ । त्यसैगरी महिनावारी सम्बन्धी आफ्ना अनुभवहरुहरु र ज्ञान पनि समाजमा बाड्नु पर्दछ । महिलाहरु यक उदाहणीय रुपमा ब्यक्ती स्वयम प्रस्तुत भैरहने ।
यदि महिनावारी प्रत्येक महिनामा भएन भने विभिन्न रोगहरुले ९ बेस्ट क्यान्सर, पाठेघरको, मृगौला खराब० असर गर्छ जसको कारणले गर्दा यस्तो
उद्यमशीलतालाई प्रोत्साहन गर्न व्यवहारिक तथा सिपमुलक तालिम, आयोजनाहरु देशैभरी सञ्चालन गर्ने । त्यस्ता खालका गोष्ठी, तालिम आदि स्वदेश वा विदेशमा भएमा
सुरक्षित महिलाको अवधारण बमोजिम महिला सुरक्षालाई मध्यनजर गरी महिलाहरुसँग सम्बन्धित महिनावारीको समयमा अपनाउनु पर्ने सुरक्षाजनक साधन सेनेटरी प्याडको उत्पादन गरी व्यावसायिक कारोबार गर्ने